National life

सिटिजन लाइफको नाफामा छलाङ, प्रतिशेयर आम्दानी पनि बढ्यो

सिटिजन लाइफले कमायो ३९ करोड, प्रतिशेयर आम्दानी कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.6kShares
सिटिजन लाइफको नाफामा छलाङ, प्रतिशेयर आम्दानी पनि बढ्यो
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस आधारमा एक वर्षमा कम्पनीको नाफा २० करोड १७ लाख रुपैयाँले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २५.८७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कुल आम्दानी २१.५९ प्रतिशतले बढेको छ । व्यवसाय विस्तारसँगै कम्पनीको खुद दाबी भुक्तानी २७.६९ प्रतिशत र कुल खर्च २४.८० प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाएको छ ।

नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ । अघिल्लो आर्थिक वर्षमा ३ रुपैयाँ ७९ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर गत आवको अन्त्यसम्म ७ रुपैयाँ ८२ पैसा पुगेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ५५.६७ गुणा तथा प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?