National life

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
424Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
ncell

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १६ लाख १० हजारको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको भलबारी शाखाबाट २ वर्ष पहिले १५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका तिलोत्तमा ९, रुपन्देही बस्ने लक्ष्मण शाही को कालगतीका कारण मृत्यु भए पछि दाबी भुक्तानी बापत बिमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरि जम्मा १६ लाख १० हजार रुपैयाँको चेक रकम मृतककि धर्म पत्नी अनिता शाहीलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीका भैरहवा क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देल, भलबारी शाखा प्रमुख रवि काफ्ले, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलबारी तथा भैरहवाका एजेन्सी म्यानेजरहरुको सहभागीतामा दावी भुक्तानी दिइएको थियो।

चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देलले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?