National life

सिटि होटल १० करोड बढी घाटामा, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
923Shares
सिटि होटल १० करोड बढी घाटामा, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं। सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिमा १० करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १० करोड ४९ लाख रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीको आम्दानी पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिसम्म २४ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ५.१६ प्रतिशतले कम हो।

खर्चतर्फ भने वृद्धि देखिएको छ। अघिल्लो वर्षको १७ करोड ४६ लाख रुपैयाँ खर्चको साटो यस वर्ष समीक्षा अवधिसम्म १९ करोड २ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय खर्च भने घटेर १४ करोड २८ लाख रुपैयाँबाट १० करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ। कुल चालु सम्पत्ति ४८ करोड ७७ लाख र कुल चालु दायित्व १९ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।

सिटि होटलको वित्तीय सूचकांक अनुसार प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८८.६४ रुपैयाँ, पीई अनुपात १४०.३० गुणा ऋणात्मक र तरलता अनुपात २.५१ प्रतिशत रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?