National life
cg eloctronics

सिद्धार्थ बैंकको नयाँ कामु सीईओमा रामेश्वर बस्याल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१७ मंसिर २०८२, बुधबार
571Shares
सिद्धार्थ बैंकको नयाँ कामु सीईओमा रामेश्वर बस्याल नियुक्त
muktinatha bikash bank

काठमाण्डौ । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

बस्यालको नियुक्ति यसअघि कार्यरत सीईओ सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ बाट सकिने समयमा गरिएको हो। कँडेलको कार्यकाल मंसिर २६ बाट समाप्त हुँदैछ भने त्यसपछि बस्यालले बैंकको दैनिक प्रशासन र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सञ्चालक समितिको निर्णयअनुसार, नयाँ कामु सीईओले बैंकको रणनीति, सञ्चालन र दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?