National life

सुधारिएको चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत कर्जाको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
835Shares
सुधारिएको चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत कर्जाको माग
ncell

काठमाडौँ। सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । पर्साको वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलोे उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए ।

“सुधारिएको चुलोेको प्रयोगले एकातर्फ मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैन”, उनले भने, “दाउराको खपत घटाउनुको साथै वनजङ्गल फँडानी घटाएर कार्बन उत्सर्जनमा पनि टेवा दिँदै आइरहेको छ ।

Royal Enfield
nic asia capital
त्यसैले सुधारिएको चुलोे प्रवर्द्धन गरेको खण्डमा थप उपलब्धिमूलक हुने देखिन्छ ।” प्राडा राईले सुधारिएको चुलोेको प्रयोगले घरभित्र हुने प्रदूषणमा पनि धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।

सुधारिएको चुलोे व्यावसायिक रूपमा उत्पादन गर्दै आएको उद्योग हस्क पावर नेपाल कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मनोजकुमार गुप्ताले वातावरणमैत्री चुलोे उत्पादन गर्ने उद्योगलाई बैंकको कर्जामा विशेष छुटको व्यवस्था भएको खण्डमा काम गर्न सहज हुने बताए ।

पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित पटेलनगरमा अवस्थित उद्योगले सात वर्षदेखि सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । कम्पनीले सुरुवाती चरणदेखि हालसम्म करिब तीन लाखभन्दा बढी सुधारिएको चुलोे उत्पादन गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक गुप्ताले बताए ।

कम्पनीले अहिले पङ्खा भएको र पङ्खा नभएको सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । अहिले पङ्खा भएको चुलोेको मूल्य रू पाँच हजार ५०० मूल्य तोकिएको छ भने पङ्खा नभएको चुलोेको मूल्य रू दुई हजार ५०० रहेको छ ।

प्रबन्ध निर्देशक गुप्ताले सुधारिएको चुलोेको माग अहिले विशेष गरेर मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उच्च रहेको जानकारी दिए । उक्त कम्पनी अहिले एक बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ २८ जनाभन्दा बढीले रोजगारी पाएका छन् भने सात जना सुस्तश्रवण भएका व्यक्ति कार्यरत रहेका गुप्ताले जानकारी दिए ।

उद्योगको अहिले रू १५ करोडभन्दा बढी लगानी गरिएको छ । यहाँबाट सुधारिएको चुलोेका साथै बायो पेलेट, बायोपेन्ट, मेटल फ्रेविक्रेसन, झ्याल, ढोकालगायत सामग्री उत्पादन गर्दै आइरहेको छ । - रासस

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?