National life

सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
596Shares
सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम
ncell

काठमाडौं। पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन। अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताए। उनले भने, “के–के हुँदै छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुन्छ। अन्तिम निष्कर्ष आएपछि हामी भन्छौँ।”

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ।

जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ। नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको छ। एक पदाधिकारीका अनुसार जलहरी निकाल्ने बेलामै क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताए। उनले भने, “गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा पूजा रोकिएको थियो। सोमबार बिहानदेखि नियमित पूजा सुचारु छ।”

कोषका कार्यकारी निर्देशक डा.

nic asia capital
घनश्याम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया टुङ्ग्याएपछि मात्रै जलहरीको विषयमा बोल्न मिल्ने बताए। गोरखापत्र दैनिकबाट

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?