काठमाडौँ। निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा भइरहेको छ। यसअघि अघिल्लो दिन सुनको भाउ ९ सय रुपैयाँले बढ्दै २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको थियो।
यसैबीच, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ६० रुपैयाँले बढ्दै ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
































