काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो।
मंगलबारसम्म प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन आज घटेर २ लाख ४४ हजार ३०० रुपैयाँ मा पुगको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज पनि चाँदी तोलामा ३ हजार १७५ रुपैयाँ कायम रहेको छ। सुनचाँदी व्यवसायीहरूले मूल्यमा देखिएको गिरावटले बजारमा सामान्य कारोबार सुस्त रहेको बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर र आन्तरिक माग–आपूर्तिका आधारमा मूल्य निर्धारण गर्दै आएको छ। सुनको मूल्यमा पछिल्ला दिनहरूमा निरन्तर उतार–चढाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का नीतिगत निर्णयहरूफेरबदलका कारण सुनको दरमा प्रत्यक्ष असर परिरहेको जानकारहरुको धारणा छ ।
































