National life

सुनको भाउमा फेरि झड्का : एकैदिनमा झण्डै पाँच हजारले वृद्धि, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1.1kShares
सुनको भाउमा फेरि झड्का : एकैदिनमा झण्डै पाँच हजारले वृद्धि, तोलाको कति ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्ला केही दिनयता निरन्तर बढ्दो क्रममै रहेको सुनको मूल्य मंगलबार फेरि एकैदिनमा झण्डै पाँच हजार रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबारी दिन सोमबार छापावाल सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ मात्र थियो।

Royal Enfield
nic asia capital
यस आधारमा सुनको मूल्यमा एकैदिनमा ४ हजार ९०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ३०० रुपैयाँ तोकिएको छ। सोमबारको तुलनामा तेजावी सुन पनि समान अनुपातमा महँगिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको ३ हजार ६५ रुपैयाँ भन्दा १०५ रुपैयाँले बढी हो।

सुनको मूल्य निरन्तर बढ्दै जानुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उछाल हो। अमेरिकी अर्थतन्त्रमा ब्याजदर घट्ने अपेक्षासँगै लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन्। त्यसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको विश्लेषकहरुको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?