काठमाडौँ। नेपालका बजारमा सुनचाँदीको मूल्य फेरि नयाँ उचाइमा पुगेको छ। अघिल्लो दिनको सामान्य गिरावटपछि आज बुधबार सुनको मूल्य पुनः उच्च बिन्दुमा बढ्दै प्रतितोला २ लाख ५० हजार नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा व्यापार भएको थियो।
यससँगै चाँदीको मूल्य पनि उल्लेख्य रुपमा बढेको छ। आज प्रतितोला चाँदी ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्लो केही सातादेखि चाँदीको मूल्य पनि सुनकै जस्तै क्रमिक वृद्धि देखिँदै आएको छ।

































