National life

सुनको भाउ फेरि ह्वात्तै आकासियो , एक तोला खरिद गर्न कति रकम चाहिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२१ पुस २०८२, सोमबार
924Shares
सुनको भाउ फेरि ह्वात्तै आकासियो , एक तोला खरिद गर्न कति रकम चाहिन्छ ?
ncell

काठमाडौँ। केही दिनयता सामान्य घटबढ हुँदै आएको नेपाली सुनचाँदी बजारमा सोमबार एकाएक ठूलो वृद्धि देखिएको छ। आज सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

यसअघि आइतबार स्थानीय बजारमा सुनको कारोबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो। अघिल्लो दिन भने सुनको भाउ २ हजार १ सय रुपैयाँले घटेको थियो, तर सोमबार पुनः तीव्र उकालो लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगातारको उतारचढावपछि आज सुनको मूल्य उच्च विन्दुमा पुगेसँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको भाउ १८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी पनि महँगिएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था, भूराजनीतिक तनाव तथा माग–आपूर्तिको सन्तुलनले स्थानीय बजारमा पनि यसको प्रभाव देखिने गरेको व्यवसायीहरू बताउँछन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?