काठमाडौँ । नेवाली बजारमा सुनको मूल्यले दैनिक रूपमा नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको भाउले नयाँ ऐतिहासिक उचाइ हासिल गरेको हो ।
घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो । आज चाँदीको पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
































