National life

सुनको मूल्यमा उतारचढाव, एकैदिन २० हजार ५ सयले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
949Shares
सुनको मूल्यमा उतारचढाव, एकैदिन २० हजार ५ सयले घट्यो
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। हिजो मात्र हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज एकै दिन २० हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि भने सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी डलर मजबुत बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि त्यसको असर स्वदेशी बजारमा पनि देखिएको बताइएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। हिजो प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर ऐतिहासिक कीर्तिमान बनाएको चाँदी आज ४ सय ४० रुपैयाँले घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँमा झरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
949SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?