National life

सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँले गिरावट, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.2kShares
सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँले गिरावट, तोलाको कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सुनचाँदी बजारमा ठूलो उतार–चढाव देखिएको छ। विशेष गरी सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँको भारी गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ थियो।

Royal Enfield
nic asia capital
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुनु, गोल्ड फ्युचर्समा सुधारात्मक दबाब देखिनु, र मध्यपूर्व क्षेत्रका भू–राजनीतिक प्रभाव कम हुनुजस्ता कारणले सुनको मूल्य घटेको जानकारहरुको भनाई छ ।

उता, चाँदीतर्फ समेत मुल्यमा गिरावट आएको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। पछिल्ला केही दिनयता चाँदीमा पनि निरन्तर उतार–चढाव देखिँदै आएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?