काठमाडौँ । घरेलु बजारमा आज बुधवारका दिन सुनको मूल्य तोलामा एकै पटक साढे ७ हजार रुपैयाँले घटेको छ ।
अघिल्लो दिन मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बुधवार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
































