National life

सुनको मूल्यमा कीर्तिमानी उछाल,एक सातामै १० हजार ९०० रुपैयाँले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ पुस २०८२, शनिबार
1KShares
सुनको मूल्यमा कीर्तिमानी उछाल,एक सातामै १० हजार ९०० रुपैयाँले वृद्धि
ncell

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यले लगातार नयाँ–नयाँ कीर्तिमान कायम गर्दै उच्च दरमा वृद्धि भएको छ। साता भरिमा सुनको मूल्य कुल १० हजार ९०० रुपैयाँले बढ्दै ऐतिहासिक रेकर्ड बनाएको हो ।

गत शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य, पुस ११ गते शुक्रबार २ लाख ६९ हजार ३०० रुपैयाँमा पुगेको छ। साताको सुरुवातमा भने सुनको मूल्य सामान्य रूपमा घटेको देखिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुस ६ गते आइतबार सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।त्यसपछि भने सुनको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको छ। पुस ७ गते सोमबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको थियो। पुस ८ गते मंगलबार सुनको मूल्य एकै दिन ५ हजार ५०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा पुगेको थियो ।

त्यसैगरी, पुस ९ गते बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। पुस १० गते बिहीबार भने सुनको मूल्यमा सामान्य करेक्सन देखिँदै ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा सीमित भएको थियो।

तर, पुस ११ गते शुक्रबार पुनः सुनको मूल्य उकालो लाग्दै १ हजार ८०० रुपैयाँले बढेको छ। सो दिन सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार हुँदै फेरि एक पटक ऐतिहासिक रेकर्ड कायम भएको छ। सुन तथा चाँदीको मूल्यमा लगातार देखिएको यस वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?