काठमाडौँ। अघिल्लो दिन बढेको सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
https://aarthikvoice.com/archives/66229
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।































