National life

सुनको मूल्यमा तीव्र उछाल: एकैदिन पाँच हजार ९०० रुपैयाँले वृद्धि, तोलाको कति पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1.2kShares
सुनको मूल्यमा तीव्र उछाल: एकैदिन पाँच हजार ९०० रुपैयाँले वृद्धि, तोलाको कति पुग्यो
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उछाल आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँ पुगेको छ।

बुधबारको तुलनामा यो मूल्यवृद्धि हालसम्मको पछिल्लो उच्च स्तर मध्ये एक हो। यस्तै, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Royal Enfield
nic asia capital

महासंघका अनुसार हाल नेपाली बजारमा छापावाल सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य दुई लाख ४९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

हाल अमेरिकाको मुद्रास्फीति दर र मध्यपूर्वमा बढ्दो राजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको र त्यसको प्रभाव नेपाली बजारमा परेको जानकारहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितताले सुनको मूल्य अझै केही दिन उतार–चढाव रहने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?