काठमाडौँ । सुनको मूल्य घट्दोक्रमले आज पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबारका दिन आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ।
अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।
अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९५ हजार २ सय कायम थियो। यस्तै आज चाँदीको भाउ भने बढेको । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।































