काठमाडौँ । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । संघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा भइरहेको छ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ ।































