National life

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड : एकै दिन ७१ सयको वृद्धि, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.2kShares
सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड : एकै दिन ७१ सयको वृद्धि, तोलाको कति ?
ncell

काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यमा अभूतपूर्व बृद्धि भएको छ। पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको भाउ आज ऐतिहासिक स्तरमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला ७ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। यस वृद्धिसँगै सुनको नयाँ मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन मात्र सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो।

सुनको मूल्यमा आएको यस्तो तेजोद्धारीले लगानीकर्तालाई आकर्षित गर्दै बजारमा चासो बढाएको छ। सुनसँगै चाँदीको भाउमा पनि बढोत्तरी आएको छ। आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले वृद्धि भई ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?