काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिन स्थिर रहेको सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला एक हजार ९६० रुपैयाँ कायम छ ।सुनको मूल्य बढ्ने प्रशस्त आधार कायमै रहेको कारण यो मूल्यले थप उचाइ लिने महासंघले जनाएको छ ।
































