National life

सुनको मूल्य घट्ने क्रम आज पनि जारी, चाँदीको मूल्य भने बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
944Shares
सुनको मूल्य घट्ने क्रम आज पनि जारी, चाँदीको मूल्य भने बढ्यो
ncell

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी छ। हिजो मात्रै प्रतितोला ३ हजार रुपैयाँले ओरालो लागेको सुनको मूल्य आज फेरि घटेको हो।

आज सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो भएको छ। नयाँ दरअनुसार सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो सोमबार भने एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ कायम थियो।

यसैबीच चाँदीको मूल्य आज उकालो लागेको छ। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८८५ रुपैयाँ पुगेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?