काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा चमत्कारिक बृद्धि भएको छ । सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार स६ सय रुपैयाँमा कारोबार भएको थियाो ।
उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।
यता, चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
































