काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २० गते) छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य पनि तोलामा दुई लाख ३७ हजार १०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
उता, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। हिजोको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १० रुपैयाँ पुगेको छ। हाल विश्व बजारमा सुनको माग उच्च रहँदा मूल्य निरन्तर उकालो लागेको छ। आर्थिक अनिश्चितता, मुद्रास्फीति र भू–राजनीतिक तनावजस्ता कारणहरूले पनि सुनमा लगानीकर्ताको आकर्षण बढेको हो ।
































