काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ९ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम रहेको थियो।
त्यस दिन पनि सुनको मूल्यमा ४ हजार १ सय रुपैयाँको उल्लेख्य वृद्धि भएको थियो।
लगातार केही दिनयता सुनको मूल्य उकालो लाग्नुको कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, डलरको उतारचढाव तथा सुरक्षित लगानीतर्फको आकर्षणलाई मानिएको छ। यसले स्थानीय बजारमा समेत सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
यता, चाँदीको मूल्य भने आज घटेको छ। चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य यसभन्दा केही माथि रहेको थियो।






































