काठमाडौँ । आज मङ्गलवारका दिन नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख ९० हजार नाघेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
आज चाँदीको पनि बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































