National life

सुनको मूल्य फेरि उकालो यात्रामा : चाँदीको सामान्य गिरावट, कति छ बजार भाउ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.1kShares
सुनको मूल्य फेरि उकालो यात्रामा : चाँदीको सामान्य गिरावट, कति छ बजार भाउ ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

आज बढेको सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रवारसम्म सामान्य देखिएको सुनको मूल्य आज पुनः उकालो लागेको हो।

Royal Enfield
nic asia capital
विगत केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतार–चढाव र अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा समेत प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।

यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा देशभरका लागि सुनचाँदीको मूल्य निर्धारण गर्ने गर्दछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?