National life

सुनको मूल्य फेरि ओरालो यात्रामा : चाँदी महँगीयो, एकतोला खरिद गर्न कति तिर्नुपर्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
567Shares
सुनको मूल्य फेरि ओरालो यात्रामा : चाँदी महँगीयो, एकतोला खरिद गर्न कति तिर्नुपर्छ ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिन वृद्धि भएको सुनको भाउ आज फेरि ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिनको तुलनामा आज १ हजार रुपैयाँले मूल्य घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ५२ हजार ९ सय रुपैयाँमा पुगेको थियो।

यता चाँदीको मूल्य भने आज वृद्धि भएको छ। प्रतितोला १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्ला केही दिनदेखि चाँदीको मूल्य स्थिर देखिएको भए पनि आज पुनः वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र मुद्रा विनिमय दरमा आएको परिवर्तनले सुनको मूल्यमा नियमित हेरफेर भइरहेको व्यवसायीहरूको भनाइ छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?