काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैँयाले बढेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलामा ५ हजार ४ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ५ हजार ६ सय ४५ रुपैयाँ कायम भएको हो।






































