National life

सुनचाँदीको मूल्यमा पहिरो : एकैदिन झण्डै चार हजारको गिरावट, प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ मंसिर २०८२, मङ्गलबार
1.2kShares
सुनचाँदीको मूल्यमा पहिरो : एकैदिन झण्डै चार हजारको गिरावट, प्रतितोला कति ?
ncell

काडमाडौं । साताको तेस्रो कारोबारका दिन आज नेपाल बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ८०० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रु २ लाख ३९ हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि केही दिनदेखि स्थिर जस्तो देखिएको सुनको मूल्य घटेसँगै बजारमा सुनचाँदीको कारोबार गर्नेहरूको ध्यान खिचेको छ ।

Royal Enfield
nic asia capital

यस्तै, आज चाँदीको मूल्य पनि समान रूपमा ओरालो लागेको छ। चाँदी आज तोलामा रु ६५ ले घटेर रु ३ हजार ९० मा पुगेको महासंघले जनाएको छ। सुन–चाँदीको मूल्यमा आएको आजको गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, अमेरिकी डलर–सूचकांकमा भएको मजबुती तथा सुरक्षित लगानीका रूपमा सुनप्रतिको माग घट्नु लगायत रहेको जानकारहरूको धारणा छ ।

व्यवसायीहरूका अनुसार मूल्य घटेपछि केही उपभोक्ता खरिदका लागि आकर्षित भए पनि ठुलो परिमाणको कारोबार हुन नसकेको जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?