National life

सुनचाँदीको मूल्यमा फराकिलो गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०५ मंसिर २०८२, शुक्रबार
551Shares
सुनचाँदीको मूल्यमा फराकिलो गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्लो समय सुनचाँदीको मूल्य घट्नेबढ्ने क्रम निरन्तर रुपमा चुलिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। यसअघि उच्चदरमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा झरेको छ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी आज तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन–चाँदी दुवैको मूल्य घटेकाले बजारमा केही समय स्थिरता आउने अपेक्षा गरिए पनि, अन्तर्राष्ट्रिय आर्थिक सूचकहरूमा आउने परिवर्तनले मूल्य फेरि पनि उतार–चढाव हुन सक्ने व्यवसायीहरूको अनुमान छ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?