काठमाडौँ । गत शुक्रवार २ हजार ९ सय रुपैयाँले बढेर बन्द भएको सुनको भाउ आज साताको पहिलो कारोबारका दिन भने घटेको छ। आज शुक्रवारको तुलनामा सुनको भाउमा २१ सय रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आज स्थानिय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय कायम भएको छ। गत शुक्रवार भने एक तोला सुनको कारोबार २ लाख ६२ हजार ५ सय रुपैयाँमा भएको थियो।
यस्तै साताको पहिलो कारोबारका दिन आज चाँदीको भाउ समेत २५ रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।






































