काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनचाँदीको मूल्यमा आज दोहोरोह अंकको बृद्धि आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि उस्तै दरमा बढ्दै तोलामा २ लाख ४२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
विश्व बजारमा देखिएको उतार–चढाव तथा माग–आपूर्तिको आधारमा नेपाली बजारमा पनि मूल्य समायोजन भएको हो।
उता, चाँदीको मूल्यमा पनि हल्का वृद्धि आएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
































