काठमाडौँ। सुनको मूल्य बढ्नेक्रमले आजपनि निरन्तरता पाएको छ । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी १५ रुपैयाँले महँगिँदै प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ ।































