काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ। बुधबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो वृद्धि देखिँदा कारोबार मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला ६ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ४३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ।






































