National life

सुनचाँदीको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेर स्थिर, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1.3kShares
सुनचाँदीको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेर स्थिर, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। पछिल्ला केही सातादेखि निरन्तर उचाइ लिँदै आएको सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ३ हजार १२५ रुपैयाँ तोकिएको छ।

महासंघका अनुसार अघिल्लो दिन शुक्रबार भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा पुगेको थियो, जबकि चाँदी ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको कमजोरी, मध्यपूर्वीय तनाव र सेयर बजारमा देखिएको उतारचढावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको माध्यमका रूपमा सुनतर्फ आकर्षित भइरहेको कारण सुनको मूल्य निरन्तर उच्च विन्दुमा पुगेको बजार विश्लेषकहरूको धारणा छ ।

Royal Enfield
nic asia capital

साथै, चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?