National life

सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०५ माघ २०८२, सोमबार
919Shares
सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाली बजारमा पहिलोपटक प्रतितोला २ लाख ८० हजार रुपैयाँको सीमाना पार गर्दै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एकै दिन ४ हजार २०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि गत पुस ३० गते सुनको भाउले रेकर्ड कायम गरेको थियो। उक्त दिन सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो। अघिल्लो दिन आइतबार भने सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढाव, डलरको मूल्य तथा लगानीकर्ताको आकर्षणका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?