काठमाडौँ। सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार पाँचसय रुपैयाँले घटेको हो। आज सुन तोलाको २ लाख ७६ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १७० रुपैयाँ घटेर ५ हजार ४ सय ८५ रुपैयाँमा झरेको हो।






































