काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ।
महासंघले सार्वजनिक गरेको दैनिक मूल्य अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
आज चाँदी तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५० रुपैयाँ मा कारोबार भइरहेको छ। केही दिनयता चाँदीको मूल्य निरन्तरै बढ्दो अवस्थामा रहेको महासंघले जनाएको छ।





































