काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरि उकालो लागेको छ। लगातार केही दिनदेखि उतारचढावमा रहेको सुनको भाउ आज प्रतितोला एक हजार ६०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यसैगरी, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ३ हजार ४९० रुपैयाँ मा पुगेको छ। पछिल्लो समय चाँदीको मूल्य तुलनात्मक रूपमा स्थिर देखिँदै आएको भए पनि अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण स्थानीय बजारमा त्यसको प्रभाव परेको महासंघको विश्लेषण छ।

































