National life

सुनले तोड्यो आफ्नै रेकर्ड : प्रतितोला २ लाख ४० हजार कट्दा बजारमा हलचल

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.1kShares
सुनले तोड्यो आफ्नै रेकर्ड : प्रतितोला २ लाख ४० हजार कट्दा बजारमा हलचल
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेको छ। सोमबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै रेकर्ड मूल्य हो।

यसअघि गत असोज २३ गते प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो, जुन यसअघि सम्मको उच्च मूल्य थियो।

Royal Enfield
nic asia capital
आइतबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी ९५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो। हाल अमेरिकी डलर बलियो बन्दै गएका कारण विश्वबजारमा सुनको आकर्षण थपिएको र त्यसको सीधा असर आन्तरिक बजारमा परिरहेको बताइन्छ।

भू–राजनीतिक तनाव, विश्व अर्थतन्त्रको अनिश्चितता र विदेशी विनिमय दरको उतारचढावले सुनलाई सुरक्षित लगानीका रूपमा हेरिने चलन झनै बढाएको छ। त्यसैले निकट भविष्यमा पनि मूल्य उच्च स्तरमै रहन सक्ने जानकारहरुको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?