काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ तोकिएको छ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य तथा विदेशी मुद्रासँगको विनिमय दरमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको महासंघले जनाएको छ।
सुनको मूल्य उकालो लागिरहे पनि चाँदीमा भने उल्लेखनीय उछाल देखिएको छ।
हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको छ। एकैदिनमा नै ५५ रुपैयाँको वृद्धि भएसँगै चाँदीको मूल्य हालका दिनमै उच्च बिन्दुमा पुगेको महासंघले जनाएको छ ।





































