National life

सूर्यज्योति लाइफको १६औं साधारण सभा सम्पन्न ,१०.२६ प्रतिशत बोनस शेयर दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
489Shares
सूर्यज्योति लाइफको १६औं साधारण सभा सम्पन्न ,१०.२६ प्रतिशत बोनस शेयर दिने
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

आज विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले साधारण सभाको उद्‌घाटन गरेका थिए ।

उक्त सभामा कम्पनीका सञ्चालकहरू, शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो भने साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन, साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदनका साथै अन्य प्रतिवेदनहरू पारित गरेको हो।

त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०८।०८१ को लागि सुजन काफ्ले एन्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ भने बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी ५,०१,१९,४७,७९७ पुर्‍याउने प्रस्ताव गरेको छ ।

त्यसरी नै हाल कायम चुक्ता पुँजीको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँ नगद लाभांश प्रस्तावित बोनस शेयरको कर प्रयोजनसमेतको लागि वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?