काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति १० ग्राम तोलामा २ लाख ५ हजार ५०४ रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य भने ५ रुपैयाले बढेर तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।
































