काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बिहान सवा ९ बजे बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ। गत आर्थिक वर्षमा स्थिर आम्दानी र सुदृढ वित्तीय प्रदर्शन गरेको बैंकले यसपटक पनि लगानीकर्ताहरूको विश्वास कायम राख्दै निरन्तर लाभांश वितरणको परम्परा दोहोर्याएको छ।
बैंकले नेपालमा आफ्नो शाखा सञ्जाल विस्तार र डिजिटल सेवा सुदृढीकरणमार्फत ग्राहकमैत्री बैंकिङ सेवामा ध्यान केन्द्रित गरेको जनाएको छ।

































