National life

स्वरोजगार लघुवित्तको नाफा ३७.५२ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी १७ करोड नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
958Shares
स्वरोजगार लघुवित्तको नाफा ३७.५२ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी १७ करोड नाघ्यो
ncell

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा उल्लेखनीय नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो।

बोर्डका अनुसार, गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको असोज मसान्तसम्म ५ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्षको १२ करोड ७९ लाख रुपैयाँबाट बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital
त्यसैगरी, सञ्चालन नाफा गत वर्षको ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ करोड ७ लाख रुपैयाँबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) गत वर्षको २१.९५ रुपैयाँबाट बढेर २५.८४ रुपैयाँ पुगेको छ।

तर, कम्पनीको खराब कर्जा अनुपात केही बढेको देखिन्छ। गत वर्षको ५.४३ प्रतिशत बाट बढेर यस वर्ष ७.३७ प्रतिशत पुगेको छ। अहिले कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.९६ रुपैयाँ रहेको छ। कम्पनीले हालसम्म ९ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब ६८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा २२ करोड २६ लाख रुपैयाँ र रिजर्भ कोषमा २९ करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको बोर्डले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
958SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?