काठमाडौँ । आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले १० अर्ब बजेट छुट्टाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन।
हालसम्म बिमा बोर्डबाट तिर्नुपर्ने दाबी भुक्तानी पनि आगामी आवभित्रै तिरेर सक्ने योजना ल्याएको अर्थमन्त्रीको भनाई छ। यस्तै अर्थमन्त्री पौडेलले बिमाको दोहोरोपन हटाइने र बिमाको पुनर्संरचना गरिने जनाए।
बिमा कार्यक्रमतर्फ चालु आवमा ७ अर्ब बजेट सरकारले विनियोजन गरेको थियो। जसअनुसार आगामी वर्ष सरकारले बिमातर्फको बजेट बढाएको हो।






































