National life

हालसम्म आठ विकास बैंकको लाभांश घोषणा सार्वजनिक, कुन बैंकहरुले कति दिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
669Shares
हालसम्म आठ विकास बैंकको लाभांश घोषणा सार्वजनिक, कुन बैंकहरुले कति दिए ?
ncell

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म आठवटा विकास बैंकले आफ्ना सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेका छन्।

नेप्सेमा सूचीकृत विकास बैंकहरूमध्ये सांग्रिला डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश विवरण सार्वजनिक गरेका हुन्।

सबैभन्दा पहिले, मितेरी विकास बैंकले सेयरधनीलाई १० प्रतिशत पूर्ण नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गर्दै ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद प्रदान गर्ने जनाएको छ।मुक्तिनाथ विकास बैंकले यस वर्ष १८.२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद समावेश छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कामना सेवा विकास बैंकले १५.७८९५ प्रतिशत लाभांश दिन लागेको छ, जसअन्तर्गत १० प्रतिशत बोनस र ५.७८९५ प्रतिशत नगद रहेको छ। शाइन रेसुङगा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जिसमें ३ प्रतिशत बोनस र १० प्रतिशत नगद रहेको छ। महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश घोषणा गर्दै ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद वितरण गर्ने जनाएको छ। बैंकको बुक–क्लोज मिति भने तय भएको छैन।

ग्रिन विकास बैंकले चुक्ता पूँजीको आधारमा ८.४६२७ प्रतिशत लाभांश दिनेछ।

nic asia capital
यसमध्ये ८.०३९६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२३१ प्रतिशत नगद रहनेछ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ, जहाँ ५ प्रतिशत बोनस सेयर तथा ५.३५८३ प्रतिशत नगद प्रस्ताव गरिएको छ। बैंकले मंसिर २३ देखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

यसअनुसार, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले आगामी वार्षिक साधारणसभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्षम हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?