National life
cg eloctronics

हिमालयन बैंकको एफपीओ आगामी मङ्गलवार बाँडफाँड हुने, ८ लाखभन्दा बढीको हात खाली हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० साउन २०८२, शनिबार
512Shares
हिमालयन बैंकको एफपीओ आगामी मङ्गलवार बाँडफाँड हुने, ८ लाखभन्दा बढीको हात खाली हुने
muktinatha bikash bank

काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको एफपीओ आगामी मङ्गलवार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन ११ गते प्रि–अलोटमेन्ट प्रक्रिया सम्पन्न भएसँगै बाँडफाँडको मिति तय भएको हो ।

नियमानुसार प्रि–अलोटमेन्टपछि कम्तीमा दुई दिनको अन्तर राखेर मात्र बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेकाले साउन १३ गते मङ्गलवार एफपीओ बाँडफाँड गरिने तयारी गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले असार ३२ गतेदेखि कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता शेयर एफपीओमार्फत निष्काशन गरेको थियो। बैंकले यस एफपीओको प्रतिकित्ता मूल्य १५७ रुपैयाँ तोकेको थियो, जसमा १०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम समावेश छ।

एफपीओमा १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्, जुन माग प्रस्तावित कित्ताको झन्डै ४ गुणा बढी हो। मागभन्दा बढी आवेदन परेकाले एफपीओ गोला प्रथाबाट बाँडफाँड गरिनेछ। गोला प्रथामा परेका ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउनेछन्। तीमध्ये ९ जनाले ११ कित्ता तथा बाँकी सबैले १० कित्ता शेयर प्राप्त गर्ने प्रक्षेपण गरिएको छ। बाँकी करिब ८ लाखभन्दा बढी आवेदक भने शेयरबाट वञ्चित हुनेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?